काठमाण्डु – नेपालमा कोरोना निको हुनेको संख्या १ लाख १८ हजार ८४३ जना नाघेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७२५ जनाको पीसीआर परीक्षण भएको छ भने त्यसमा ५७० जना पोजेटिभ भेटिएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ । यससंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया