काठमाण्डु – स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट स्ट्याण्डर्ड चार्टर्डले शेयरधनीहरुलाई ११.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकको संचालक समितिको बैठकले ७ प्रतिशत बोनस शेयर र ४.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकले ०७५ \०७६ मा २२. ५ प्रतिशत लाभांश वितरण गरेको थियो । तर यसपटक बैंकले कम लाभांश वितरण गरेको हो ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश वितरण स्विकृतीका लागी नेपाल राष्ट्र बैंकमा प्रस्ताव पठाएको छ । उक्त प्रस्ताव स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण गरिने बैंकले जनाएको छ।




प्रतिक्रिया