काठमाण्डु उपत्यकामा १३५७ जनामा कोरोना संक्रमण

काठमाण्डु उपत्यकामा १३५७ जनामा कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा १३५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डुमा १११३, ललितपुरमा १९५ र भक्तपुरमा ४९ जना रहेको जनाएको छ ।

शनिबार मुलुकभर थप २ हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै,२४ घण्टामा २ हजार २६४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।