बागलुङमा डेढ महिनामा १०९ फरार प्रतिवादी पक्राउ

बागलुङमा डेढ महिनामा १०९ फरार प्रतिवादी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ – जिल्ल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो डेढ महिनामा १०९ जना फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीको सक्रियतासँगै फरार अभियुक्त पक्राउ, घरेलु मदिरा नष्ट र गाँजा फडानीले तीव्रता पाएको छ ।

जिल्ला अदालत बागलुङबाट मुद्दा फैसला भएका १०९ फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बागलुङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बगालुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।