स्थायी कमिटीको बैठक तुरून्त बोलाइयोस्ः भीम रावल

स्थायी कमिटीको बैठक तुरून्त बोलाइयोस्ः भीम रावल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् ।आइतबार साँझ ट्वीट गर्दै नेता रावलले पार्टीलाई विधि र प्रणाली मार्फत चलाउनुपर्ने बताएका हुन् ।

‘विधि, प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हुन् । स्थायी कमिटीको बैठक तुरून्त बोलाइयोस्’, उनले भनेका छन् ।

नेता रावलले नेकपा फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी हुने बताएका छन् ।

उनले भनेका छन्, ‘यी कुराको अवज्ञा गरी कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपा विरूद्धको अपराध हुनेछ । समझदारी, एकता र देशहित मनमा राखी समस्या समाधान गरौं ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अलग गर्न प्रस्ताव गरेका थिए । आइतबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा ६ जना सचिवालय सदस्यबीच भेटवार्ता भएको थियो ।

भेलामा अध्यक्ष प्रचण्डले शनिबार भएको बालुवाटार वार्ताबारे ब्रिफिङ गरेका थिए । आजको भेलामा उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य रामबहादुर थापा बादल, र नारायणकाजी श्रेष्ठ उपस्थित थिए ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी अलग गरेर जान सुझाव दिएको ब्रिफिङ गरेका थिए ।