अहंकार र आक्रोशले कसैको हित गर्दैन, पार्टी निर्णयको कार्यान्वयन गरौं: प्रवक्ता श्रेष्ठ

अहंकार र आक्रोशले कसैको हित गर्दैन, पार्टी निर्णयको कार्यान्वयन गरौं: प्रवक्ता श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी फुट्ने विषय उचित नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रवक्ता श्रेष्ठले धेरै पसिना बगाएर हासिल गरेको पार्टी बताएको बताएका छन् ।

‘हाम्रो पार्टी एकता महान क्रान्तिकारी उदेश्यलाई केन्द्रमा राखेर र धेरै ठुलो मेहनत पसिना लगाएर हाँसिल गरिएको हो । यसको बिफलता र पार्टी फुट कदापि उचित र सही हुन सक्दैन । फुट र फुटजन्य कृयाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्च्छुकहरुको चाहाना र जनादेश बिरुद्ध हुन्छ’, उनले भनेका छन् ।

प्रवक्ता श्रेष्ठले पार्टी एकताको पक्षमा उभिन शीर्ष नेतृत्वलाई आग्रह गरेका छन् । उनले पार्टीका बैठक बसेर समस्याको हल गर्नुपर्ने बताएका छन् ।

‘पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔं र आ–आफ्नो ठाँउबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गरौं । पार्टीको बैठक बसौं र सबै पक्षहरुका बारेमा खुला छलफल गरौं । पार्टी भित्र देखिएको छलफल ,बहश र मतभेद अन्ततः बिचार ,सिद्धान्त ,राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवं सञ्चालन सम्बन्धी अबधारणासँग सम्बन्धित रहेको हुन सक्ने भएपनि अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखापरिसकेको छैन’, उनले भनेका छन्, ‘तसर्थ यतिबेला पार्टी एकताको रक्षाको निम्ति सबै बाट एउटै कुरामा इमान्दार प्रतिबध्दता भए पुग्छ , पार्टीको बिधि ,पद्धति एवं निर्णयको पालना र कार्यान्वयन । ब्यक्तिवाद,अहंकार ,आवेग र आक्रोशले समाधान दिदैन र कसैको हित गर्दैन ।’

प्रवक्ता श्रेष्ठले देश, जनता ,श्रमजीवी बर्ग र पार्टी तथा आन्दोलन लाई केन्द्रमा राखेर सोचेर सकारात्मक निष्कर्ष निकाल्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘जान वा अन्जानमा देशी र बिदेशी प्रतिकृयावादी शक्तिहरुको चाहाना पूरा गर्ने कार्य कसैबाट हुन नजाओस् ,सबैले समयमै सोचौं ।’