आई पि यु गभर्निङ काउन्सीलको अधिवेशन सुरु, सभामुखसहित तीन सांसद सहभागी

आई पि यु गभर्निङ काउन्सीलको अधिवेशन सुरु, सभामुखसहित तीन सांसद सहभागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विश्वका संसदहरुको साझा मञ्च, अन्तर व्यबस्थापिका संघ (आई पि यु) को गभर्निङ काउन्सीलको २०६ औं अधिवेशन सुरु भएको छ । नेपाली समय अनुसार गएराती सुरु ‘भर्चुअल’ सम्मेलन चार दिनसम्म चल्ने छ ।

जारी अधिवेशनमा नेपालका तर्फबाट संघीय संसद, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधि सभाका सदस्य रामकुमारी झाँक्री र राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले गभर्निङ काउन्सील सदस्यका रुपमा सहभागी भएका छन् । यस्तै अधिवेशनमा सांसद एकवाल मियाँ पर्यवेक्षकका रुपमा सहभागी छन् ।

गभर्निङ काउन्सीलको यो अधिवेशनले आई पि यूका नयाँ अध्यक्ष निर्वाचित गर्ने छ । हरेक गभर्निङ काउन्सील सदस्यले गोप्य मतदानमार्फत अध्यक्षको चयन गर्ने छन् । मतदान ‘भर्चुअल’ माध्यमबाट भएको छ । अधिवेशनमा नेपाल सहित १६२ देशका प्रतिनिधिहरुको सहभागीता रहेको छ ।

यो अधिवेशनमा आई पि यू को अध्यक्ष पदका लागि पाकिस्तान, पोर्चुगल, उज्वेकिस्तान र क्यानडाका प्रतिनिधिले उमेदवारी दिएका छन् । आई पि यू अध्यक्षको कार्यकाल तीन बर्षको हुने छ ।

यसैबीच नेपालबाट अन्तर व्यबस्थापिका संघ (आई पि यु) को गभर्निङ काउन्सीलको २०६ औं अधिवेशनमा सहभागी सभामुख सापकोटासहित प्रतिनिधि सभाका सदस्य झाँक्री र राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायणले आई पि यु अध्यक्ष चयनका लागि गोप्य मतदान गरेका छन् ।