माधव नेपाल निकट नेता रिजाल भन्छन्ः ओली सरकार पॉच बर्ष चल्छ

माधव नेपाल निकट नेता रिजाल भन्छन्ः ओली सरकार पॉच बर्ष चल्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विष्णु रिजालले केपी ओली नेतृत्वको सरकार पाँच वर्ष चल्ने दाबी गरेका छन् । मंगलबार ट्वीटमार्फत नेता रिजालले नेकपाभित्रको विवाद सामान्य भएको र नेकपा नफुट्ने दाबी गरेका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने नेता रिजालले पार्टीत्रि देखिएका समस्याको समाधान बैठकबाट खोजिने बताएका छन् ।

‘नेताहरूको मनस्थिति र वर्तमान परिस्थितिका आधारमा ढुक्क भएर भन्न सकिन्छ– नेकपा फुट्दैन, केपी ओलीको नेतृत्व नेकपाको सरकार पॉच बर्ष चल्छ, प्रचण्डको नेतृत्वमा नेकपा चल्छ, सहमतिका आधारमा मन्त्रिपरिषद् पुनर्गठन हुन्छ र असहमतिहरूको समाधान बैठकहरूबाट खोजिन्छ’, उनले भनेका छन् ।

उनले शीर्ष नेताहरूबीच तिक्तता बढेको बेला सार्वजनिक रूपमा नामै किटेर ‘फलानाले पार्टी फुटाउन खोजेको छ’ भन्नेहरू नै पार्टी एकताका विरोधी र फुटका पक्षधर भएको दाबी गरेका छन् ।

उनले प्रश्न गरे, ‘स्वघोषित राजकुमारहरूले एकताका लागि बल दिने कि एक नेताकोमा पुगेर अर्को नेताका कुरा लगाउने र विवादमा फेसो हाल्ने ?’