काठमाण्डु – नेपाली कांग्रेस सांसद मीन विश्वकर्मको स्वास्थ्यमा सुधार आएको छ । कोरोना संक्रमित भएपछि अस्पतालको भेन्टिलेटरमा उपचाररत सांसद विश्वकर्माको होस खुलेको हो ।
ग्राण्डी अस्पतालको भेन्टिलेटरमा उपचाररत विश्वकर्माको कोरोना रिपोर्ट नेगेटिभ आएसँगै स्वास्थ्यमा पनि सुधार आएको उनको निजी सचिवालयले जनाएको छ ।
उनी विगत ६ दिनदेखि भन्टिलेटरमा उपचारत थिए । कांग्रेसले विश्वकर्माको स्वास्थ्य जटिल बनेको भन्दै दिल्ली लैजान सरकारसँग आग्रह गरेको थियो ।
चिकित्सकका अनुसार विश्वकर्माको स्वास्थ्यमा क्रमिक सुधार भएको र फोक्सोले पनि काम गर्न थालेको छ ।




प्रतिक्रिया