नेकपामा तीन नेताका तीन तयारी,पूर्व एमाले मिलाउने प्रयासमा ओली समूह

नेकपामा तीन नेताका तीन तयारी,पूर्व एमाले मिलाउने प्रयासमा ओली समूह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता संकटमा परेपछि संकट मोचनको आ–आफ्नै तयारी गरेका छन्। कर्णाली प्रदेशमा आफ्नै सांसदहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध संसदीय दलमा राखेको अविश्वासको प्रस्तावपछि बढ्दै गएको विवाद सुल्झाउन तीन शीर्ष नेताले आ–आफ्नै तयारी थालेपछि यसको ठोस परिणाम भने हासिल हुन सेकको छैन्।

ओली, दाहाल र नेपालले आफ्ना समूहका नेताहरुसँग निरन्तर छलफल अघि बढाएका छन्। उनीहरु सकेसम्म पार्टीलाई एकताबद्ध बनाएर लैजाने पक्षमा रहेपछि परिस्थिति कुन बेला कसरी विकास हुन्छ भन्न नसकिने बताउँदै आएका छन्। तीन दिन यता एक पक्षीय तथा द्धिपक्षीय भेटघाटहरु भैरहेका छन्। तीन नेताहरु सकेसम्म एकलेअर्को पक्षसँगको सहकार्यलाई टुटाउन लागिरहेका छन्।

बद्लिदो परिस्थितिमा दुई पक्षीय समीकरण बन्न नदिन उनीहरु लागि रहेका हुन्। ओली समूहले दाहाल नेपालको समीकरण भत्काउन लागिरहेको छ। त्यस्तै दाहाल समूहले नेपाल ओली समीकरण बन्न नदिने तर्फ आफ्नो ध्यान केन्द्रित गर्न थालेका छ। त्यसैगरी नेपाल पक्षले भने दुवै अध्यक्षको भूमिका र व्यवहारको परीक्षण गरिरहेको छ।

यस्तै दाउपेचबीच मंगलबार दिउँसो पार्टीका महासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य भीम रावलकाबीच भेटघाट भएको थियो। उनीहरूले पार्टी एकतालाई जोगाएर लैजाने विषयमा कुराकानी गरेपछि बेलुकी भीम रावल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे लगायतका केही नेताहरु खुमलटार पुगेर दाहाललाई भेट गरी पार्टी एकतालाई बलियो बनाउन आग्रह गरेका थिए। तर पनि पार्टीभित्रको विवादमा तीन नेताहरुले आफ्नै रणनीति तय गरिरहेका छन्। त्यस्तै आइतबार साँझ महासचिव पौडेल र वर्षमान पुन खुमलटार दाहाल निवास पुगेर पार्टी एकताको पक्षमा लविङ गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरुले पार्टीको क्षति न्यूनिकरण कसरी गर्न सकिन्छ भनेर लागिरहेका छन्। तीन दिन यता उनीहरु विभिन्न समूह मार्फत पूर्व एमालेहरुलाई मिलाएर पार्टी र सरकारको क्षति न्यूनिकरण गर्न लागिरहेका छन्। आइतबार साँझ लाजिम्पाटस्थित एक होटलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वमन्त्री खगराज अधिकारी, महेश बस्नेत, केन्द्रीय सदस्य आनन्द पोखरेल लगायतका करिब १५ जना नेताहरुको एउटा भेलाले अबका दिनमा पार्टीलाई बढी क्षति हुन नदिने र पूर्व एमालेहरु मिलेर जानुको विकल्प नभएको निष्कर्ष निकाले थिए। त्यसयता उनीहरु निरन्तर छलफलमा लागेका छन्।

तीन दिन यता एक पक्षीय तथा द्धिपक्षीय भेटघाटहरु भैरहेका छन्। तीन नेताहरु सकेसम्म एकलेअर्को पक्षसँगको सहकार्यलाई टुटाउन लागिरहेका छन्। बद्लिदो परिस्थितिमा दुई पक्षीय समीकरण बन्न नदिन उनीहरु लागि रहेका हुन्। ओली समूहले दाहाल नेपालको समीकरण भत्काउन लागिरहेको छ। त्यस्तै दाहाल समूहले नेपाल ओली समीकरण बन्न नदिने तर्फ आफ्नो ध्यान केन्द्रित गर्न थालेका छ।

उनीहरुले ओली र नेपाल मिलाउन मध्यमार्गी भूमिका खेल्ने भएका छन्। ‘हामीले अबको विकल्प ओली नेपाल मिल्नुमै देखेका छौ, पूर्व माओवादीहरुलाई पार्टीमा प्रयाप्त स्थान दिइएको छ उनीहरुलाई साथमा लिएर जानुपर्छ तर सधै ओली नेपाल फाटो गरेर बाटो अलग बनाउन सकिँदैन भनेका छौ’, छलफलमा सहभागी एक नेताले भने। ओली समूहका धेरैजसो नेता नेपालसँग मिल्नुपर्ने पक्षमा छन्। विजय सुब्बा, गोकुल बाँस्कोटा, महेश बस्नेत, खगराज अधिकारी लगायतका धेरै नेताहरुले यसअघि पनि ओली नेपाल मिल्नुपर्ने बताउँदै आएका थिए।

विजय सुब्बा लगायतको एउटा पंक्तिले सोमप्रसाद पाण्डे तथा लालबाबु पण्डितहरुसँग धेरै पटक यो विषयमा कुराकानी समेत गरिसकेको छ। ‘हामीले नेताहरु मिलेर जानुपर्छ कहाँ कहाँ के के मिलेको छैन त्यसलाई पनि मिलाएर पार्टी एकतालाई बलियो बनाऔ भनेका छौ, खासगरी जनताले दिएको मतको अबमूल्यन नहोस भन्ने हाम्रो उदेश्य हो। यो विषयमा ओली, दाहाल र नेपाल जानकार छन् भन्ने हाम्रो बुझाइ हो’, नेकपाका केन्द्रीय सदस्य समेत रहेका सांसद विजय सुब्बाले भने। यो समाचार आजको नागरिक दैनिकमा छ ।