काठमाण्डु –पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ। कोरोना संक्रमणका कारण उनको काठमाण्डुको थापाथलीस्थित नर्भिक हस्पिटलमा बुधबार विहान निधन भएको हो । ५९ वर्षीया सीता एक दशकदेखी माइस्थेनिया रोगबाट पिडित थिईन ।
पुख्र्यौली घर रोल्पाको मेबाङ गएका बेला स्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। त्यहा पनि उपचार हुन नसकेपछि उनलाई हेलिकोप्टरबाट काठमाण्डु ल्याईएको थियो ।
नर्भिक अस्पतालमा पीसीआर परीक्षण गर्दा उनको कोरोना पोजेटिभ देखिएको थियो । कात्तिक १५ गतेदेखि उनलाई भेन्टिलेटरमा राखेर उपचार जारी रहेकै बेला आज बिहान ६ः२५ बजे उनको निधन भएको अस्पतालले जनाएको छ ।
रोल्पाको गजुलमा जन्मिएका सीताको नेकपाका नेता महरासंग २०३५ सालमा विवाह भएको थियो । महरा तत्कालिन नेकपा माओवादीमा भूमिगत भएसंगै उनलाई राज्यबाट पटक पटक यातना दिइनुका साथै हिरासतमा समेत बस्नु परेको थियो । महरा पत्नी सीतालगायत महराको सिंगो परिवारमा माओवादी आन्दोलनमा सहभागी थियो । उनका दुई छोरा र दुई छोरी समेत जनयुद्धमा होमिएका थिए ।




प्रतिक्रिया