महरापत्नीको निधनप्रति प्रधानमन्त्री र अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

महरापत्नीको निधनप्रति प्रधानमन्त्री र अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीताको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

नर्भिक अस्पतालमा उपचाररत महराको बुधबार बिहान निधन भएको हो । प्रधानमन्त्रीले महराको निधनबाट आफूलाई अत्यन्त दुःख लागेको बताएका छन् ।

आज बिहान ट्वीट गर्दै प्रधानमन्त्रीले दिवङ्गत सीताप्रति श्रद्धाञ्जलि अर्पणका साथ प्रतिनिधिसभाका सदस्य महरासहित शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोककूल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् । महरा लामो समयदेखि माइस्थेनिया नामक रोगबाट पीडित थिइन् ।