गरिबलाई दुई छाक खाने व्यवस्था गर्न सकिन्छः मेयर शाक्य

गरिबलाई दुई छाक खाने व्यवस्था गर्न सकिन्छः मेयर शाक्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाण्डुलाई कागी खानेर शहरको रुपमा परिचित गराउन नहुने बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै मेयर शाक्यले सार्वजनिक स्थान र सडकमा स्वास्थ्य मापदण्डको ख्याल नगरी जथाभावी खाना खुवाउने कार्य उचित नभएको बताएका छन् ।

उनले भने, ‘काठमाण्डुलाई गरिखानेहरूको शहरका रुपमा चिनाउनुपर्छ भन्ने हाम्रो मान्यता रही आएको छ । कोरोना कहरका बेला सार्वजनिक स्थान र सडकमा स्वास्थ्य मापदण्डको सामान्य पनि ख्याल नगरी जथाभावी लाइन लगाएर खाना खुवाई स्वास्थ्यमाथि नै हेलचक्र्याइँ गरी उनीहरुकै कथा–व्यथा बेचेर विश्वमै ऐतिहासिक र सांस्कृतिक शहरका रुपमा परिचित काठमाण्डु मागिखानेहरुको शहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने पनि हाम्रो चाहना छ ।’

गरिबले पनि भेटभरी खान पाउनुपर्ने बताउँदै उनले श्रम गर्न सक्ने युवालाई रोजगारी दिनुपर्ने र उनीहरुलाई खाना खुवाएर अल्छी बनाउन नहुने बताए ।

‘हुनेखानेले मात्रै होइन, गरिबले पनि स्वस्थ्यकर र पेटभरी खाना खान पाउनुपर्छ, यसमा महानगर दृढ छ, श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्छ, अल्छी बनाउनुहुन्न,’ उनले भने, ‘अहिले मुलुकमा लकडाउन छैन, यस्तो बेलामा हामी सबैले समन्वय गरेर अघि बढ्ने हो भने समस्यामा परेका श्रमिक, गरिब र असहायलाई दुई छाक खाने र उनीहरुको चुल्हो ननिभ्ने व्यवस्था सजिलै गर्न सकिन्छ ।’