कुमारी बैंक र पवन मिस्ठान भण्डारबीच सम्झौता

कुमारी बैंक र पवन मिस्ठान भण्डारबीच सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कुमारी बैंक र बुटवलस्थित उच्च गुणस्तरीय पेडा तथा मिठाईहरुका लागी प्रसिद्ध पवनमिस्ठान भण्डारसंग सम्झौता गरेको छ ।

उक्त सम्झौता पश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले पवन मिस्ठान अन्तर्गतका मिठाई पसल र रेस्टुरेन्टमा पेडा, मिठाई लगायात अन्य खाद्यवस्तुहरुमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यसैबीच सम्पूर्ण नेपालीहरुको महान चाड दिपावली नजिकिँदै गर्दा, आफ्ना ग्राहकवर्गले गुणस्तरीय व्यञ्जनलगायत मिठाईहरुमा आकर्षक छुट प्राप्त गरी उक्त महोत्सव आफ्ना परिवारजनसँग हर्षोल्लासका साथ मनाउन सकुन भन्ने अभिप्रायले उक्त सम्झौता गरिएको बैंकका पधाधिकारीले जानकारी दिएका छन् ।

सो सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका लुम्बिनी प्रदेश प्रमुख राम मणि अधिकारी र पवन मिस्ठान भण्डारका प्रोप्राइटर पवनकुमार हलवाईले हस्ताक्षर गरे ।