स्थानीय तहमा नाम र केन्द्र परिवर्तन गर्ने क्रम बढ्दो

स्थानीय तहमा नाम र केन्द्र परिवर्तन गर्ने क्रम बढ्दो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अहिलेसम्म ७५३ स्थानीय तहमध्ये १०२ वटा स्थानीय तहका नाम र केन्द्र परिवर्तन भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार वर्षमा १०२ वटा स्थानीय तहको नाम र केन्द्र परिवर्तन भएको जनाएको छ ।

हाल कायम गरिएको स्थानीय तहको केन्द्र सम्बन्धित स्थानीय तहका बहुसङ्ख्यक नागरिकलाई पायक नपर्ने र पालिकाको नाम स्थानीय पहिचानसँग नमिल्ने भएकाले तत्कालीन स्थानीय तह पुनःसंरचना आयोगले ७५३ वटा स्थानीय तह निर्माण गरी त्यसको नाम र केन्द्रसमेत निर्धारण गरेको थियो ।

आयोगले स्थानीय तहको नाम र केन्द्र निर्धारण गर्दा सबै पालिकाको नाम र केन्द्र अस्थायी रूपमा कायम गरिएको थियो । आवश्यकता र औचित्यका आधारमा पुनः नाम र केन्द्र परिवर्तनका लागि मन्त्रालयलाई सिफारिस गर्ने अधिकार पालिकालाई दिएको थियो ।मन्त्रालयका उपसचिव प्रह्लाद कार्कीले अहिलेसम्म १०२ वटा पालिकाको नाम र केन्द्र परिवर्तन भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अन्य कतिपय पालिकाको पनि नाम केन्द्र परिवर्तनका लागि मन्त्रालयमा निवेदन आएका छन्, उक्त पालिकाको आन्तरिक विवादले गर्दा मन्त्रालयले थप काम अगाडि बढाउन सकेको छैनध्र” गाउँपालिका वा नगरपालिकाको नाम र केन्द्र परिवर्तन गर्दा गाउँपालिका वा नगरपालिकाको नगर वा गाउँसभामा कायम रहेका सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतले पारित गरेको प्रस्ताव कार्यपालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने व्यवस्था छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।