भारतीय सेनालाई प्रधानसेनापति थापाले दिए १ लाख थान मास्क

भारतीय सेनालाई प्रधानसेनापति थापाले दिए १ लाख थान मास्क

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले भारतीय सेनालाई एक लाख थान मास्क हस्तान्तरण गरेको छ ।

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले एक लाख थान मास्क हस्तान्तरण गरेका हुन् ।

नेपाली सेनाका तर्फबाट थापाले भारतीय सेनाको लागि नेपालमै निर्मित १ लाख थान मेडिकल मास्क र शान्तिको प्रतिक भगवान बुद्धको प्रतिमा हस्तान्तरण गरेका थिए ।

भेटघाट पश्चात् जङ्गी अड्डामै आयोजित अर्को कार्यक्रममा, जनरल नरवणेले नेपाली सेनालाई विगतमा सम्पन्न नेपाल–भार बिलाटेरल कन्सल्टेटिभ ग्रुप मिटिङ अन सेक्युरिटी इस्यूको निर्णय अनुसार, सहयोग स्वरुप दुइ वटा फिल्ड अस्पताल स्थापनाको लागि एम्बुलेन्स, उपकरणहरु तथा अन्य स्वास्थ्य सामग्रीहरुका साथै भेन्टिलेटरहरु समेत हस्तान्तरण गरे ।