काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीले पार्टी कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा आफूविरुद्ध षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।
बिहीबार बालुवाटारमा मन्त्रीहरुसँग प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतले षड्यन्त्र बुनिरहेको बताएका छन् । उनले त्यस्ता चलखेल निस्तेज पार्ने चेतावनी दिएका छन् ।
‘कोटेश्वरमा मेराविरुद्ध षड्यन्त्र भइरहेका छन् । म त्यसलाई निस्तेज पार्न तयार छु’, उनले बैठकमा भनेको भनाई उद्धृत गर्दै एक मन्त्रीले भने, ‘जस्ता सुकै अविश्वासको सामना गर्न म तयार छु । तपाईहरु पनि तयार रहनुहोला ।’
अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले कानून व्यावसायीहरुसँग छलफल गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने संकेत पाएका नेताहरुले पार्टी कार्यालय पेरिसडाँडामा कानून व्यावसायीसँग छलफल गरेका हुन् ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठसमेत सहभागी उक्त भेलामा प्रधानमन्त्री अोलीका विकल्प र चाल्नसक्ने कदमका विषयमा छलफल भएको थियो ।




प्रतिक्रिया