काठमाण्डु– राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियताप्रति नेकपामा असन्तुष्टि छाएको छ । नेकपाको आन्तरिक विवाद समाधानका लागी राष्ट्रपति भण्डारीले सक्रियता देखाएपछि नेकपाका नेताहरुले त्यसको विरोध गर्न थालेका छन् । उनले गृहमन्त्री रामबहादुर थापा र नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई शितल निवासमा बोलाएर विवाद समाधान गर्न आग्रह गरेकी थिईन् ।
सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले नेकपाको विवादमा राष्ट्रपति भण्डारीले कुनै एक पक्षलाई साथ दिएको भन्दै आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जाल टिवटरमा उनले स्टाटस लेख्दै राष्ट्रपति भण्डारीको भुमिकाको आलोचना गरेका हुन् । उनले ट्वीटरमा लेखेका छन् ‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ।यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ।
’




प्रतिक्रिया