काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद समाधानका लागि दोस्रो तहका नेताहरुले सक्रियता देखाउन थालेका छन् ।
बिहीबार बालुवाटारमा दुई अध्यक्षबीच भएको भेटवार्ता आरोपप्रत्यारोपमा टुंगिएपछि नेकपाका दोस्रो तहका नेताहरु सक्रिय भएका हुन् ।
दुवै अध्यक्षलाई वार्ता र संवादको माध्यमबाट विवाद समाधान गर्न आग्रह गर्दै नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्न पुगेका छन् ।
नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पार्टी महाधिवेशनसम्म दुवै अध्यक्षलाई सँगै लैजान आफूहरु सक्रिय भएको जानकारी दिए ।
‘यसअघि पार्टीले गरेका निर्णयहरु सबैले पालना गरेर अगाडि बढ्नुपर्छ । आगामी महाधिवेशनसम्म दुवै अध्यक्षलाई मिलेर लैजानका लागि हामीहरुले प्रयत्न गरिरहेका छौं’, पौडेलले काठमाण्डुपाटीसँग भने ।
स्थायी कमिटी सदस्यहरु संसदीय दलका उपनेता नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, देवेन्द्र पौडेल, योगेश भट्राई, घनश्याम भुसाल र महासचिव विष्णु पौडेललगायतका नेताहरु सक्रिय भएका छन् ।




प्रतिक्रिया