ग्राण्डीमा उपचाररत सांसद विश्वकर्मालाई भेण्टिलेटरबाट निकालियो

ग्राण्डीमा उपचाररत सांसद विश्वकर्मालाई भेण्टिलेटरबाट निकालियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माको स्वास्थ्यमा सुधार आएको छ । फोक्सोमा पानी जमेर ग्राण्डी अस्पतालमा उपचाररत विश्वकर्मालाई भेण्टिलेटरबाट निकालिएको हो ।

उनलाई चिकित्सकहरुले ७२ घण्टाको ट्रायलपछि भेन्टिलेटरबाट बाहिर निकालेका हुन् । उनका स्वकिय सचिव टेक विककाअनुसार चिकित्सकहरुको निगरानीमा रहेका विश्वकर्माको मुखमा मास्क अक्सिजन राखिएको छ । चिकित्सकहरुले उनको स्वास्थ्यमा क्रमि सुधार भइरहेको जानकारी दिएका छन् ।

कोरोना संक्रमणले फोक्सोमा निमोनिया र श्वाप्रश्वासमा समस्या आएपछि विश्वकर्माको गान्डी अस्पतालमा भेन्टिलेटरमा राखेर एक हप्तादेखि उपचार हुँदै आएको थियो ।