प्रधानमन्त्रीले ‘विवाद समाधान कार्यदल’ का सदस्यलाई बालुवाटार बोलाए, पूर्वमाओवादी अनुपस्थित

प्रधानमन्त्रीले ‘विवाद समाधान कार्यदल’ का सदस्यलाई बालुवाटार बोलाए, पूर्वमाओवादी अनुपस्थित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ‘पार्टी विवाद समाधान कार्यदल’ का सदस्यहरुलाई बालुवाटार बोलाएका छन् ।

सीमा विवाद समाधान कार्यदलका ६ जना सदस्यहरुलाई प्रधानमन्त्री ओलीले नेकपाभित्रको विवादबारे छलफल गर्न बालुवाटार बोलाएका हुन् ।

कार्यदलमा महासचिव विष्णु पौडेल, नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल रहेका छन् । तर, पूर्वमाअ‍ोवादीबाट शर्मा र भुसाल रहेका छन् । आजको बैठकमा पूर्व एमालेका नेताहरु मात्र सहभागी हुने भएका छन् ।

नेता शर्मा कोरोना संक्रमण भएर होम आइसोलेसनमा छन् भने पम्फा भुसलाले आफू उपस्थित हुन नसक्ने जानकारी दिएकी छन् । पार्टी विवाद समाधानका लागि गत साउनमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो ।