नेपालको नाम परिवर्तन नगर्न सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन

नेपालको नाम परिवर्तन नगर्न सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संसदको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नहटाउन सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ हटाएर नेपाल मात्रै लेख्ने सरकारको निर्णयलाई कार्यान्वयन नगर्न निर्देशन दिएको हो ।

समिति सभापति शशी श्रेष्ठले नाम परिवर्तन गर्न आवश्यक भए संसदमा ल्याउन निर्देशन दिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद नवराज सिलवाल र विजय सुब्बाले फरक मत राखेका थिए ।

गत असोज ११ गतेको मन्त्रिपरिषद बैठकले नेपालको औपचारिक नाम ‘नेपाल’ मात्र लेख्ने निर्णय गरेको थियो ।