सामाजिक सञ्जालमा बाबुराम र लोहनीबीच जुहारी

सामाजिक सञ्जालमा बाबुराम र लोहनीबीच जुहारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीबीच जुहारी चलेको छ ।

एक पत्रिकामा लेखेको लेखलाई लिएर अध्यक्ष लोहनी र डा. भट्टराईबीच सामाजिक सञ्जालमा जुहारी चलेको हो । गत कार्तिक २० गतेको नयाँपत्रिकामा डा।लोहनीको ‘छलाङवाद वा निरन्तरता सहितको गतिशीलता’ शीर्षकको लेखप्रति टिप्पणी गर्दै डा.भट्टराईले ट्वीटरमा डा.लोहनीले विश्वका महान क्रान्तिवारे पढेर नेपालमा रूढिवाद र राजतन्त्रको पैरवी गरेको देख्दा एक संस्कृतको श्लोक याद आयो भनि त्यसको उद्वहरण गर्दै जसको दृष्टिकोण छैन उसलाई शास्त्र के काम ? आंखै नहुनेलाई ऐना के काम ? भनि टिप्पणी गरेका थिए ।

जवाफमा अध्यक्ष लोहनीले आफूलाई आँखा नभएको व्यक्ति भनी टिप्पणी गरेको भन्दै आपत्ति जनाएका छन् ।

उनले भनेका छन्, ‘आफुलाइ रिस उठ्यो भन्दैमा अरुलाइ आखा नभएको देख्नु ले आफ्नो अहं र मन भित्रको छटपटिएको पिडा र कुन्ठाको प्रदर्सन गर्छ । कमरेड (?) वावुराम (@brb1954) लाइ एक पटक लामो सास लिएर आफुले–आफै लाइ आखा चिम्लेर हेर्न अनुरोध र शुभकामना छ ।’