काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद गोकुल बाँसकोटाले प्रधानमन्त्री केपी शर्मा अोलीमाथि कारबाहीको तयारी भएको संकेत पाएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत पूर्वमन्त्रीसमेत रहेका नेता बाँस्कोटाले १५ दिनभित्र प्रधानमन्त्री पानी पनि पिउन नमिल्ने गरी कारबाहीको तयारी भएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीका विश्वासपात्र मानिएका बाँस्कोटाले उनीमाथि कारबाही भए प्रतिरक्षा गर्न तयार भएको बताएका छन् ।
उनले भनेका छन्, ‘जीम्वालबाका छिमेकीले भनेको दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउनेगरी खतरा कारवाही गर्ने तयारी छ रे । भर्खरै सुनाए । पत्यार नलागे पनि प्रतिक्षा त गर्नु परो अब ।’
गत शनिबार बहुमत सचिवालय सदस्यहरुले प्रधानमन्त्री ओलीलाई बैठक बोलाउन आग्रह गरेका थिए । अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक बोलाउन आग्रह गरेका थिए ।




प्रतिक्रिया