काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले विद्युतीय सवारी साधनमाथि बढाइएको कर घटाउन सरकारसँग माग गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेललाई विद्युतीय सवारीमाथि बढाइएको कर घटाउन माग गरेका हुन् ।
‘विद्युतबाट चल्ने गाडीमा बढाईएको कर पनि कम्तिमा पुरानै अवस्थामा फर्काउन सरकारको ध्यान आकर्षित गर्दछु’, उनले भनेका छन् ।
त्यस्तै अध्यक्ष थापाले पुस्तकमा लगाईको १० प्रतिशत कर हटाइएकोमा सरकारलाई धन्यवाद दिएका छन् ।
‘पुस्तकमा भन्सार/कर बढाउने सरकारको निर्णय ठिक थिएन । ढिलै भएपनि पुस्तकमा लाग्दै आएको कर हटाएकोमा सरकारलाई धन्यवाद’, अध्यक्ष थापाले भने ।




प्रतिक्रिया