७० करोड घुस अडियो प्रकरणबारे मिश्रको जवाफः झुक्किएर रेकर्ड भएछ !

७० करोड घुस अडियो प्रकरणबारे मिश्रको जवाफः झुक्किएर रेकर्ड भएछ !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड घुसको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रले काठमाण्डु जिल्ला अदालत समक्ष प्रमाण पेश गरेका छन् ।

मिश्रले सेक्युरिटी प्रिन्टिङ्ग प्रेस प्रकरणमा बाँस्कोटाले ७० करोड घुस मागेको अडियो सार्वजनिक गरेका थिए । बाँस्कोटाले सोही प्रकरणमा पदबाट राजीनामा दिनु परेको थियो ।

बाँस्कोटाले मिश्रले आफ्नो गाली बेइज्जती गरेको भन्दै अदालतमा मानहानी मुद्धा दायर गरेका थिए । उक्त मुद्धाको रिटमा जवाफ दिँदै मिश्रले आफूले नियतवश रेकर्ड नगरेको बताएका छन् ।

उनले घुस मागेपछि मात्रै अडियो सार्वजनिक गरेको दाबी गरेका छन् । त्यस्तै उनले बाँस्कोटाको उक्त रेकर्ड आइफोन ८ प्लसबाट रेकर्ड गरेको बताएका छन्

उनले भनेका छन्, ‘ मैले कुनै कुरा बाहिर मोबाइलबाट रेकर्ड गर्दै थिएँ । अचानक निजले भित्र बोलाउँदा म उक्त मोबाइल बन्द गर्ने समय नै नपाएको हुँदा अडियो टेप रेकर्ड हुन पुगेको रहेछ । वादीले भ्रष्टाचार गर्ने मनसायले अभिव्यक्त गरेको अडियो टेप सार्वजनिक गर्नु गाली बेइज्जती नहुने हुँदा फिराद दाबी खारेजीको भागी छ ।’