डेरा खोज्दै अध्यक्ष प्रचण्ड

डेरा खोज्दै अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड डेरा सर्ने भएका छन् । खुमलटारमा भाडामा बसिरहेका अध्यक्ष प्रचण्डले सानेपा क्षेत्रमा डेरा सर्ने तयारी गरेका हुन् ।

शैलुङ कन्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारीको घरमा बसोबास गर्दै आएका आएका अध्यक्ष प्रचण्डले एक टेलिभिजनसँगको अन्तर्वार्तामा आफू डेरा सर्ने बताएका थिए ।

अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले डेरा सर्नका लागि घर खोज्ने कार्य जारी रहेको जानकारी दिए ।

अधिकारीको शैलुङले विभिन्न ठाउँमा ठेक्का लिएर अलपत्र पारेको र कारबाहीका लागि अध्यक्ष प्रचण्डले संरक्षण गरेको आरोप लगोपछि उनले डेरा सर्ने तयारी गरेका हुन् ।