काठमाण्डु – फेसबुकमा सुसाइड नोट लेखेर भक्तपुरबाट बेपत्ता भएका एक जना चिकित्सक काभ्रेमा जिवितै भेटिएका छन् ।
मंगलबार बिहान फेसबुकमा सुसाइड नोट लेखेर भक्तपुरको द डेन्टल सिटी अस्पतालका निर्देशक समेत रहेका डा. दिगम्बर झा बेपत्ता भएका थिए ।
उनी काभ्रेको भुम्लु गाउँपालिका १० अरनिको राजमार्गको ५५ किलो भन्ने ठाउँमा फेला परेका हुन् ।
उनी बा.१६च. ८६७९ नम्बरको कार लिएर घरबाट बेपत्ता भएका छन् । उनी पारिवारिक सम्बन्धका कारण बेपत्ता भएको थिए ।




प्रतिक्रिया