काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको राप्रपाका तीन अध्यक्षहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
राप्रपा अध्यक्षहरु पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाबीच मंगलबार बुढानिलकण्ठमा बसेको बैठकले कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचार लगायतका विषयलाई लिएर जनसंघर्ष गर्ने निर्णय गरेको छ ।
अध्यक्ष थापाले देशको राजनीतिक अवस्था र पार्टी संगठनको समिक्षा गर्दै भावी कार्यक्रमवारे छलफल भएको जानकारी दिए । त्यस्तै बैठकले स्थानीयतहमा पार्टी समायोजनलाई तिव्रता दिनेसमेत निर्णय गरेको छ ।




प्रतिक्रिया