२७ गते सचिवालय बैठक बस्छ, प्रधानमन्त्री पनि आउनुहुन्छः माधव नेपाल

२७ गते सचिवालय बैठक बस्छ, प्रधानमन्त्री पनि आउनुहुन्छः माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले कात्तिक २७ गते सचिवालय बैठक बस्ने दाबी गरेका छन् ।

मंगलबार धुम्बाराहीमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता नेपालले सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने बताएका छन् ।

आजै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २७ गतेको बैठकमा आउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

नेकपाका बहुमत सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले २७ गते बैठक बस्ने सहमति गरेको उनले जानकारी दिए ।

बैठकमा अध्यक्ष प्रचण्डसहित, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित थिए ।