काठमाण्डु – गृहमन्त्रालयले स्वास्थ्य प्रोटोकल तथा सुरक्षा मापदण्ड अपनाएर तिहार र छठ पर्व मनाउन आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले कोरोना भाइरस संक्रमणको बढ्दो अवस्थाका कारण जो जहाँ छौं त्यही बसेर चाड मनाउन र अत्यावश्यक बाहेक काम नपरी बाहिर ननिस्कन आग्रह गरेका छन् ।
त्यस्तै मन्त्रालयले देउसी भैलोलगायतका भीडभाड हुने कार्यक्रममा सहभागी नहुन र बालबालिकाहरुलाई त्यस्ता कार्यक्रममा नपठाउन आग्रह गरेको छ ।
‘तिहारको निहुँमा जुवातासजन्य कुनै पनि गैरकानूनी तथा अवाञ्छित गतिविधि नगर्न, स्वास्थ्य तथा सुरक्षाको दृष्टिकोणले जोखिम हुने भुईंचम्पा, पटका, आतसबाजी जस्ता प्रज्वलनशील पदार्थको उत्पादन विक्री, वितरण र प्रयोग नगर्नसमेत अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।





प्रतिक्रिया