नेपाललाई चीनबिरूद्ध उक्साउने रिपोर्टका पछाडि कसको हात छ ?


काठमाण्डु – प्रमुख प्रीतपक्षी दल नेपाली कांग्रेसले हुम्लामा चीनले सीमा मिचेको झूठो आरोप फैलाएको बताएको छ ।

चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सले भारतीय शक्तिको समर्थक मानिएको कांग्रेसले सीमा मिचिएको विषयमा गलत हल्ला फैलाएको दाबी गरेको छ ।

‘नेपाली कांग्रेस जसलाई भारत समर्थक शक्तिको रूपमा व्यापक रूपमा ट्याग गरिएको छ । ती अफवाहहरूको पछाडि कांग्रेस मुख्य ठानिन्थ्यो’, उक्त पत्रिकाले भनेको छ ।

नेपाली कांग्रेस कर्णाली प्रदेशका सांसद एवं पूर्व संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री जीवन बहादुर शाहीसहितको टोलीले चीनले हुम्लामा सीमा मिचेको स्थलगत रिपोर्ट सार्वजनिक गरेको थियो ।

गत अक्टोबरमा हुम्लाको नेपाल–चीन सीमामा ११ दिनको भ्रमणबाट फर्केका शाही नेतृत्वमा रहेको टोलीले उक्त जिल्लामा चीनको नेपालको भूमिमा अतिक्रमण भएको आरोप लगाएको छ ।

‘धेरै नेपालीले उनको अमेरिकाको ‘अन्धा समर्थन’को लागि आलोचना गरे र भारतमा कसैको निर्देशन पछ्याए’, पत्रिकाले उल्लेख गरेको छ ।

शाहीले सीमा अनुगमन गरेपछि पश्चिमी र भारतीय सञ्चार माध्यमहरूले स्रोतको हवाला दिँदै तथाकथित चीन–नेपाल सीमा अतिक्रमण मुद्दालाई बढावा दिन थालेको जनाइएको छ ।

‘शाहीका रिपोर्टहरू द्वेषपूर्ण र गलत थिए । जब पछि सुरक्षा एजेन्सीहरूको टोलीले उनीहरूको उचित साइटहरूमा नम्बर ११ र नम्बर १२ खम्बाहरू भेट्टाए’, नेपाल प्रहरीका एक पूर्व अधिकारीले भने ।

ती पूर्वप्रहरी अधिकारीकाअनुसार पश्चिमी र भारतीय सञ्चार माध्यमहरूले गलत रूपमा प्रस्तुत गरिएको समाचारलाई ‘निराधार र द्वेषपूर्ण’ रुपमा फैलाएको थियो ।

‘पृष्ठभूमिमा धेरै पश्चिमी र भारतीय राजनीतिक शक्तिहरूले नेपाललाई ‘भौगोलिक राजनैतिक चासोको केन्द्र’ बनाउने कोशिश गरिरहेका छन जुन चीनलाई लक्षित गर्दछ’, ती अधिकारीले भने ।

उक्त पत्रिकाले नेपालका बौद्धिक बुद्धिजीवीहरूले नेपालमा बढ्दो पश्चिमी गतिविधिको बारेमा शंका व्यक्त गरेको बताएको छ ।

‘धेरै विदेशी गैरसरकारी संस्थाहरू अझै पनि नेपालमा कार्यरत छन् र केही सशस्त्र विद्रोह राजनीतिक आन्दोलनको पछाडि रहेका छन्, ‘उनले भने, ‘केही भारतीय टेलिभिजन च्यानलले नेपालको सार्वभौमिकताबिरूद्ध समाचार चलाइरहेका छन र नेपाल र चीनको बारेमा कन्ट्रोक्टेड समाचार फैलाइरहेका छन् ।’

केही स्थानीय मिडिया भारत समर्थक सेनाको नियन्त्रणमा रहेको ग्लोबल टाइम्सले जनाएको छ । त्यस्ता मिडियाहरुले चीनले सगरमाथा कब्जा गर्ने समाचार सम्प्रेषण गरेर नेपाली जनतामाथि भ्रम फैलाउने काम गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement