ओलीजीले कोठाबाट पार्टी सञ्चालन गर्नुभयो, धोकेबाज पाइलटलाई हटाइन्छः अध्यक्ष प्रचण्ड

ओलीजीले कोठाबाट पार्टी सञ्चालन गर्नुभयो, धोकेबाज पाइलटलाई हटाइन्छः अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।

बुधबार साँझ आफूलाई भेट्न खुमलटार पुगेका केन्द्रीय सदस्यहरुसँग अध्यक्ष प्रचण्डले नेकपाको उदेश्य समाजवादी मोडलमा जाने रहेको बताए ।

उनले प्रधानमन्त्री अ‍ोलीले नेकपालाई समाजवादी मोडलमा लैजान नसकेको भन्दै ‘फाल्ने’ चेतावनी दिए । उनले पार्टी फूटे पनि माअ‍ोवादी र एमाले भएर नफुट्ने बताए । उनले दुवै पार्टीका नेताहरु मिलेर पार्टी टुक्रिने बताएका छन् ।

‘यो लडाईं दुई पार्टीबीचको मात्रै होइन । विचार र आचरणको लडाईं भएकाले विधि र प्रक्रिया मिल्नेहरु एक ठाउँमा हुन्छौं’, उनले भने, ‘पार्टी एकताताका नेकपा समाजवादतिरको यात्रामा जान्छ भनेका थियौं । पार्टीले समाजवादतर्फ उडान भरिरहेको छैन । समाजवादलाई अन्तै मोड्ने धोकेबाज पाइलटलाई हटाइन्छ ।’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री अ‍ोलीलाई सहयोग गर्दा पनि एकलौटी पार्टी र सरकार सञ्चालन गरेको गुनासो गरेका छन् । उनले ओलीले कोठाबाट पार्टी सञ्चालन गरेको आरोप लगाएका थिए ।