काठमाण्डु महानगरले भन्योः बेरोजगारीले वडा कार्यालयमा सम्पर्क गर्नू

काठमाण्डु महानगरले भन्योः बेरोजगारीले वडा कार्यालयमा सम्पर्क गर्नू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले कोरोना भाइरसको संक्रमणका रोजगारी गुमाएकाहरुलाई वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

शुक्रबार महानगरपालिकाले एक सूचना जारी गर्दै कोरोनाका कारण रोजगारी गुमाएका श्रम गर्न सक्ने महानगरवासीलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि बमोजिम रोजगारी दिने र आफू बसोबास गर्ने वडा कार्यालयमा सम्पर्क गर्न भनेको छ ।

महानगरले असहाय, अशक्त तथा शारीरिक रुपमा काम गर्न नसक्ने महानगरवासीले काठमाण्डु महानगरपालिकाको सहकार्यमा सञ्चालित मानव सेवा आश्रम खान, बस्न तथा स्वास्थ्य उपचारको सविधा भएकाले नजिकका वडा कार्यालयमा वा सिधै मानव सेवा आश्रममा समपर्क गर्न आग्रह गरेको छ ।

त्यस्तै महानगरले स्वास्थ्य जोखिम, संक्रमणको सम्भावना र सामाजिक प्रतिष्ठा तथा मानव अधिकार संरक्षण गर्ने हेतुले सार्वजनिक स्थल, खुला क्षेत्रमा भोजन सेवा मंसिर २ गतेबाट बन्द गर्ने निर्णय भएकाले सार्वजनिक क्षेत्रमा भोजन नगराउन आग्रह गरेको छ । महानगरले स्वास्थ्य मापदण्ड पालना गरेर वडा कार्यालयले त्यसका लागि आवश्यक समन्वय र सहयोग गर्ने बताएको छ ।