युवा संघका नेतामाथि आक्रमण

युवा संघका नेतामाथि आक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय युवा संघका नेता मीन बहादुर गुरुङ (राज गुरुङ) माथि आक्रमण भएको छ ।

बुधबार आफुलाई कुमार श्रेष्ठ (घैटे) को उत्तराधिकारी भनेर चिनाउँदै आएका युवराज घलेको समुहले गुरुङमाथि आक्रमण गरेको हो ।

घले घैटे इन्काउन्टर घटनामा प्रहरीलाई नै धम्की दिएको अभियोगमा केही समय जेल बसेर छुटेका थिए । यतिबेला नेकपा निकट युवा संघका नेता समेत बनिसकेका गुरुङमाथि सांघातिक आक्रमण भएको हो ।

आक्रमणपछि घाइते गुरुङको ग्रिन सिटी अस्पतालमा उपचार गरिएको उनका आफन्तले बताएका छन् । आक्रमणकारीमाथि कारबाहीको माग गर्दै गुरुङले प्रहरीमा उजुरी दिएका छन् ।