काठमाण्डु – नेपाली कांग्रेसले सुनिलबहादुर थापालाई सहमहामन्त्री बनाएको छ । गत साउन १३ गते राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि आएका थापालाई सहमहामन्त्री बनाउने निर्णय भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले ९ जनालाई केन्द्रीय सदस्यमा नियुक्त गरेको छ । केन्द्रीय सदस्यहरुमा रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा , वावुराम बस्नेत, वृजलाल यादव, किरण गिरी, टि.एन. योगी, दिलिप राई, आशाराम चौधरी र राजेशबहादुर सिंह रहेका छन् ।




प्रतिक्रिया