काठमाण्डु – शनिबार मुलुकभरकाे माैसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशको पहाडी भेगका केही भागहरमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।
राति कर्णाली र सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्यबदली तथा बाँकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशभर उल्लेखनीय मौसमी प्रमाणलीको प्रभाव छैन, सोही कारण मौसम सफा हुने देखिएको जल तथा मौसम विभागले जनाएको छ।




प्रतिक्रिया