सुर्खेतमा ६० वर्षीय कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या १७ पुग्यो

सुर्खेतमा ६० वर्षीय कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या १७ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – सुर्खेतमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतका ६० वर्षीय पुरुषको शनिवार विहान ४ बजे मृत्यु भएको हाे । याेसँगै कर्णालीमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

कात्तिक २३ गते स्वाब संकलन गरी गरिएको परीक्षणमा सोही दिन संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएपछि होम आइसोलसनमा बसेका उनलाई सास फेर्न अप्ठ्यारो भएपछि कात्तिक २४ गते प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको थियो। अस्पताल भर्ना हुँदा अक्सिजन स्याचुरेसन न्यून रहेकाले उनलाई आकस्मिक तथा अन्य आवश्यक उपचारहरू गरिएको  थियाे ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेत र नेपाली सेनाको सहयोगमा शव व्यवस्थापन गरिएको छ।