काठमाण्डु – उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको भनाईलाई काउण्टर गरेका छन् । मुख्यमन्त्री पोखरेलले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय वैठकमा राखेको एकल प्रस्तावले पार्टी एकता गम्भिर मोडमा पुगेको भन्दै फिर्ता लिन आग्रह गरेपछि मन्त्री पुनले त्यसको प्रतिवाद गरेका हुन् ।
नेकपाका स्थायी समिति सदस्य समेत रहेका नेता पुनले पार्टी सचिवालय बैठक प्रारम्भ र लिखित प्रस्ताबले नयाँ बहसको सुरुवात भएको दावी गरेका छन् । उनले शनिवार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै पार्टीमा हुने छलफल ,बहस र अन्तर्बिरोधबाट कोही आत्तिने वा मात्तिने गर्नु जनउत्तरदायी र क्रान्तिकारी पार्टीका नेता एबम कार्यकर्ताको जिम्मेवारी हुन नसक्ने बताएका छन् ।
यस्तो छ मन्त्री पुनको भनाई-
पार्टी सचिवालय बैठक प्रारम्भ र लिखित प्रस्ताबले नयाँ बहस को सुरुवात भएकोछर पार्टी भनेको जमेको पोखरी जस्तो होइन, हिमालबाट बग्ने तीब्र बेगको नदि जस्तो हो र पार्टीमा हुने छलफल ,बहस ,अन्तर्बिरोधबाट कोही आत्तिने वा मात्तिने गर्नु जनउत्तरदायी र क्रान्तिकारी पार्टीका नेता एबम कार्यकर्ताको जिम्मेवारी हुनसक्दैनर पार्टी एकताको रक्षा तथा जनताको अपेक्षालाई आत्मसात गर्दै बिना उत्तेजना राजनीतिक बहसबाट पार्टीमा बिधी,पद्धति र राजनीतिक सँस्कारको बिकास गर्न सबै नेताहरुमा हार्दिक अनुरोध गर्दछु ।




प्रतिक्रिया