१ सय ५० किलो गाँजासहित एकजना पक्राउ

१ सय ५० किलो गाँजासहित एकजना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ – प्रहरीले एक सय ५० किलो अवैध गाँजासहित निसीखोला गाउँपालिका–६ का ३४ वर्षीय टेकबहादुर घर्तीलाई आज पक्राउ गरेको छ ।

आफ्नै बारीमा गाँजा उत्पादन गरी सुकाएर बोरामा राखिरहेको अवस्थामा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए । घर्तीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।