सुर्खेत – सुर्खेतमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । सोमबार बिहान वीरेन्द्रनगर नगरपालिका-१ निवासी ६२ वर्षीय पुरुषको बिहान ५ः५० बजे प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे । यससँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
बाँकेको बैजनाथ गाउँपालिका-१ स्थायी ठेगाना भएका ती व्यक्तिलाई श्वास फेर्न गाह्रो भएपछि कात्तिक २६ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि उनलाई कोरोना विशेष अस्पतालमा भर्ना गरी उपचार थालिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया