काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोली आन्तरिक छलफलमा जुटेका छन् ।
बुधबार बस्ने सचिवालय बैठक स्थगित नहुने भएपछि प्रधानमन्त्री अोलीले आफू निकट नेताहरुसँग छलफल सुरु गरेका हुन् ।
मंगलबार बिहान महासचिव विष्णु पौडेलमार्फत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भोलीको बैठक रोकेर सहमतिमा आउन आग्रह गरेका थिए ।
तर, अध्यक्ष प्रचण्डले बैठक नरोक्ने जवाफ दिएपछि प्रधानमन्त्री अोलीले महासचिव पौडेल र उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग छलफल गरेका हुन् । उनले भोलीको बैठकबारे थप रणनीति तय गर्न छलफल गरेका हुन् ।
गृहमन्त्री रामबहादुर थापा बादलसहित ६ जना सचिवालय सदस्यहरु बैठक राख्ने पक्षमा रहे पनि ओलीसहित, पोखरेल र पौडेल भने बैठकको विपक्षमा छन् ।
उनीहरुले अध्यक्ष प्रचण्डले सचिवालयमा दर्ता गराएको राजनीतिक प्रस्ताव फिर्ता लिए मात्र बैठक राख्न सकिने अडान लिएका छन् । तर, बहुमत सचिवालय सदस्यहरु उक्त प्रस्ताव फिर्ता लिन तयार छैनन् ।
प्रधानमन्त्रीले यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्इक्ष वामदेव गौतमसँग प्रत्यक्ष भेटवार्ता गरेर उक्त प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए ।




प्रतिक्रिया