काठमाण्डु – कोरोना भाइरसबाट संक्रमित राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
मेडिसिटी अस्पतालमा उपचाररत केसी मंगलबार साँझ डिस्चार्ज भएका हुन् । अस्पतालबाट बाहिर निस्केपछि अध्यक्ष केसीले सबैलाई धन्यवाद दिएका छन् ।
उनलाई अस्पताल भर्ना भएको भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबार सबै रिपोर्टहरु सामान्य आएपछि केसीलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।




प्रतिक्रिया