जनता र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौंः भीम रावल

जनता र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौंः भीम रावल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले देश र जनतालाई धोका नदिन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत नेता रावलले बैठकबाट समस्याको समाधान खोज्न आग्रह गर्दै जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा नलाग्न आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘बैठकबाट समस्याको समाधान खोज्नुपर्छ।फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं ।’

त्यस्तै नेता रावलले पार्टीको एकता, स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान बताएको बताएका छन् ।

‘नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन,केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान हो’, उनले भने ।