महासचिव पौडेलको प्रस्तावः हामी ९ जनाले नै राजीनामा दिएर नयाँ पुस्तालाई सचिवालयमा ल्याऔं

महासचिव पौडेलको प्रस्तावः हामी ९ जनाले नै राजीनामा दिएर नयाँ पुस्तालाई सचिवालयमा ल्याऔं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले सचिवालय सदस्यहरुको सामूहिक राजीनामाको प्रस्ताव ल्याएका छन् ।

बुधबार बसेको सचिवालय बैठकमा सबै सदस्यहरु पार्टीको संकट निवारणमा असफल भएको भन्दै सामूहिक राजीनामा दिन आग्रह गरेका हुन् । उनले अहिलेका सचिवालय सदस्यहरु पार्टीको विवाद हल गर्न असक्षम रहेकाले दोस्रो पुस्ताका नेतालाई अवसर दिनुपर्ने बताएका छन् ।

‘पार्टीको विवाद हल गर्न नसक्ने भए हामी नौ जनाले नै सचिवालय सदस्यबाट राजीनामा दिऔं । स्थायी समिति बैठकमा नयाँ पुस्तालाई सचिवालयमा ल्याउन प्रस्ताव लैजाऔं,’ उनले भने ।

सचिवलायको बैठक मंसिर १३ गते बस्नेगरी स्थगित भएको छ । त्यस्तै १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।

१३ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को राजनीतिक प्रस्ताव ल्याउने छन् । यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवलाय बैठकमा राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए ।