नेकपाको विवादमा राष्ट्रपति र चिनियाँ राजदूतको हस्तक्षेप होइन: प्रवक्ता श्रेष्ठ

नेकपाको विवादमा राष्ट्रपति र चिनियाँ राजदूतको हस्तक्षेप होइन: प्रवक्ता श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र बाह्य अस्तक्षेप नरहेको स्पष्ट पारेका छन् ।

बुधबार सचिवालयको बैठकपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले नेकपाको आन्तरिक राजनीतिमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भूमिका नखेलेको प्रष्ट पारेका हुन् ।

नेकपाभिको विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूत यान्छीले मंगलबार राती प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन् ।

उनले राष्ट्रपति भण्डारीले नेकपाको विवादमा भूमिका खेलेको भन्ने विषयमा राष्ट्राध्यक्षलाई यस्ता विषयमा तान्न नहुने बताएका छन् ।

‘यो हस्तक्षेप होइन, हामी विदेशी हस्तक्षेप स्वीकार गर्दैनौँ, स्वीकार नगरेपछि हस्तक्षेप होइन,’ उनले भने, ‘राष्ट्राध्यक्ष र कूटनीतिज्ञलाई यस्ता विषयमा तान्नु औचित्य हुँदैन ।’

मंगलबार नै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीसँगभ भेटवार्ता गरेका थिए । उनले दुवै नेतालाई मिलेर जान सुझाव दिएकी थिइन् ।