काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले समय लब्याउने खेल नखेल्न प्रधानमन्त्री केपी शर्मा अोलीलाई सुझाव दिएका छन् ।
बुधबार नेकपा सचिवालय बैठकमा बोल्दै नेता नेपालले पार्टीको विवाद समाधान गर्न ढिलो भएको भन्दै यस्तो आग्रह गरेका छन् ।
‘समय लम्ब्याउने खेल खेल्नु हुँदैन । यो गलत हो,’ बैठकमा उनले भने, ‘अहिले पार्टीको बिबाद समाधान गर्नेभन्दा पनि ढिलोढाला गर्ने काम भइरहेको छ ।’
उनले पार्टीभित्रको विवादका कारण कार्यकर्ता र जनतामा निराशा छाएको बताएका छन् । नेता नेपालले तीन तहका सरकार छाडा भएको बताउँदै जनता र पार्टीप्रति उत्तरदायी बनाउन आग्रह गरेका छन् ।
‘केन्द्रीय, प्रादेशिक र स्थानीय तहका सरकारको कामलाई गम्भीर समिक्षा गर्न आवश्यक छ । कसबाट गल्ति भएको छ त्यसलाई स्वीकार गरौं,’ नेपालले भने, ‘कार्यशैली सच्चाउन तयार हौं । उनीहरुलाई जनता र पार्टीप्रति उत्तरदायी बनाऔं । अहिले छाडा बनेका छन् ।’




प्रतिक्रिया