चीनको संकेतबाट जुट्ने वा फुट्ने मान्यता नेकपाको शरीरमा फीट हुँदैनः योगेश भट्टराई

चीनको संकेतबाट जुट्ने वा फुट्ने मान्यता नेकपाको शरीरमा फीट हुँदैनः योगेश भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले नेकपा घरेलु बिउ, मल र हावापानीले उम्रिएको, हुर्किएको, बढेको र फैलिएको पार्टी भएको टिप्पणी गरेका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत नेता भट्टराईले नेकपाको बिकास र बिस्तारमा कुनै आयातित मल, बिउ र प्रबिधिको प्रयोग नगरिएको प्रष्ट पारेका छन् ।

‘घरेलु (नेपाली)बिउ, मल र हावापानीले उम्रिएको, हुर्किएको, बढेको र फैलिएको पार्टीहो नेकपा । यसको बिकास र बिस्तारमा कुनै आयातित मल, बिउ र प्रबिधिको प्रयोग गरिएको छैन । नेकपा जैविक र नेपाली बिशेषताको मौलीक पार्टी हो । यसको बिकास वा बिनास यसैभित्र अन्तरनिहित छ’, उनले भनेका छन् ।

पर्यटनमन्त्रीसमेत रहेका नेता भट्टराईले चीनको संकेतबाट पार्टी जुट्ने र फुट्ने नेकपाको शरीरमा नरहेको बताएका छन् । मंगलबार राती चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई भेटेको विषयतर्फ संकेत गर्दै मन्त्री भट्टराईले सौकेतिक रुपमा नेकपामा चीनको इशारामा फुट्ने वा जुट्ने कार्य लागू नहुने बताएका हुन् ।

‘हिमाल पारी (चीन)को संकेतबाट जुट्ने वा मैदान पारीको सकृयताबाट फुट्ने यो मान्यता नेकपाको शरीरमा फीट नहुने सोच वा औषधी हो’, उनले भनेका छन्, ‘अरु कसैमा यो उक्ति लागु हुनसक्छ । त्यो उनीहरुले नै जान्ने कुरा हो । एमाले र माओवादीबिचको एकताबाट बनेको नेकपा बिभाजनको इतिहासलाई क्रमभङग गरी एकताको इतिहास् निर्माणको परिणाम हो ।’

त्यस्तै उनले पार्टीका सदस्यहरुले कठिन क्षण भोगिरहेको बताएका छन् । मन्त्री भट्टराईले नेकपाका सदस्यहरु दोधारको अवस्थामा रहेको बताएका छन् । उनले पार्टीका सदस्यहरुको हातमा ‘पानी कि पेट्रोल’ को अवस्था रहेको बताएका छन् ।

‘यो सत्य हो अहिले नेकपाको हर सदस्यले सर्वाधिक कठिन क्षण भोगिरहेका छन । यो अवस्थामा प्रत्येक सदस्यका दुई हातमा  पानी कि पेट्रोल ? पेट्रोलले उर्जा, पानीले उर्जा र जीवन  नेपालमा पानीका मुहान सुकेका छैनन्’, उनले भनेका छन् ।