काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमतिको नि:शुल्क परीक्षण र उपचार नगर्ने अस्पताललाई सचेत गराएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मन्त्रालयले कोभिड–१९ का लक्षण वा चिन्ह देखिएका व्यक्तिहरुको परीक्षण र उपचार निःशुल्क गर्ने भनी परिपत्र तथा सार्वजनिक सूचना समेत जारी गरिएको भए पनि केही अस्पतालहरुले यसअनुसार नगरेको जनगुनासो आएको बताएका छन् ।
उनले सरकारको निर्णयअनुसार संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्न सबै कोरोना अस्पतालहरुलाई निर्देशन दिएका छन् ।
त्यस्तै निःशुल्क उपचार गर्ने अस्पताललाई नियमाअनुसार शोधभर्ना रकम उपलब्ध गराउने उनले बताए । निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।




प्रतिक्रिया