काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक किचलोले लोकतान्त्रिक प्रणालीलाई नै धरापमा पारेको बताएकी छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत नेतृ संग्रौलाले सुखी र समृद्धि नेपालको सपना बाँड्दै हिँडेको नौटङगी सरकार दुखि नेपालमा परिणत गर्न उद्दत भएको बताउकी छन् । उनले नेकपालाई यसको हिसाब जनताले समयमा दिने चेतावनी दिएकी छन् ।
उनले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सत्ता स्वार्थका कारण नेपाली जनताले दुःख पाएको बताएकी छन् । डा. संग्रौलाले कोरोना भाइरसको संक्रमणका कारण जनता पीडामा रहेको अवस्थामा सत्तारुढ दलका अध्यक्ष सत्ता बाँडफाँडको खेलमा रमाएको बताएकी हुन् ।
‘नेकपा बिमानका द्वय पाइलट ओली र दाहालको सत्ता स्वार्थको आन्तरिक किचलोले पार्टीको दुर्घटना मात्र हैन कि जनताको व्यापक अभिमत र लोकतान्त्रिक प्रणालीलाई नै धरापमा पार्दै सुखी र समृद्धि नेपालको सपना बाँड्दै हिँडेको नौटङगी कम्युनिस्ट सरकार अन्ततोगत्वा दुखित नेपाल परिणत गर्न उद्दत भएको छ । यसको हरहिसाब नेपाली जनताले समयमा दिने नै छन् । नेकपामा चेतना भया’, उनले भने ।
नेकपाको विवादका कारण सरकारका काम कारबाही प्रभावकारी बन्न नसकरहेको अवस्थामा प्रतिपक्षी दल कांग्रेसले सरकारलाई सचेत गराउँदै आएको छ ।




प्रतिक्रिया